Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन


  • 6.4K
    Shares

    अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन
    images

    दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

    श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।

    राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेको बताएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १५:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij