२०८२ फाल्गुण २३ गते शनिवार
भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ।
अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ।
हेलिकप्टर केही घन्टा अगाडि नै हराएको थियो। हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो।
भारतीय सेनाका अनुसार हेलिकप्टर पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए।
उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ। दुर्घटनामा परेको हेलिकप्टर सेनासँग भएको सबैभन्दा पूरानोमध्ये एक हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij