Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

हङकङमा १३ करोड डलरको कोकिन बरामद

हङकङमा १३ करोड डलरको कोकिन बरामद


  • 2.3K
    Shares

    हङकङमा १३ करोड डलरको कोकिन बरामद

    हङकङ प्रहरीले १६४ किलो कोकिन बरामद गरेको छ। जसको मूल्य १३.६ करोड हङकङ डलर पर्ने ताइएको छ।

    सो कोकिनसँगै एक ४५ वर्षीय व्यक्तिलाई पनि पक्राउ गरिएको छ। यो यस वर्ष बरामद भएको सबैभन्दा ठूलो परिमाणको लागुऔषध हो।

    मंगलबार बिहान छापा मार्ने क्रममा फानलिनबाट सो लागुऔषध बरामद भएको प्रहरीले बुधबार जनाएको छ।

    प्रहरीको नजरमा रहेका एक शंकास्पद व्यक्ति ठूलो झोला बोकेर कारखाना रहेको भवनमा छिरेका थिए। उनी बाहिरिने क्रममा प्रहरीले ती व्यक्तिलाई समातेको थियो।

    त्यसपछि छापा मार्दा सो भवनभित्र कोकिनको १६४ वटा इँटा फेला परेका थिए।

    पक्राउ परेका व्यक्ति बेरोजगार रहेको बताइएको छ। उनलाई बिहीबार फानलिङ मजिस्ट्रेट कोर्टमा  हाजिर गराइने जनाइएको छ। एससीएमपी

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १६:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij