Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

डाक्टरलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय नर्स पक्राउ

डाक्टरलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय नर्स पक्राउ


  • 2.3K
    Shares

    डाक्टरलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय नर्स पक्राउ
    images

    केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् ।

    बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

    भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटेलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुर्व्यवहार  गरेका हुन् । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन् । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

    प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६  (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेकट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - ०६:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij