Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी विश्वकप लिग–२: नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२: नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य


  • 2.1K
    Shares

    आईसीसी विश्वकप लिग–२: नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो ।

    नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । 

    यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले  ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १३:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij