Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र

सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र


  • 2.4K
    Shares

    सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र
    images

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरुङले आफ्नो क्षेत्रको विकासमा सक्रियता देखाएका छन् ।

    उनले बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर गोरखाका विभिन्न दुर्गम क्षेत्रमा रहेको सञ्चार समस्या समाधानका लागि औपचारिक माग राखेका हुन् ।

    गुरुङले बुझाएको पत्रमा गोरखाका आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक र लिथोडाँडा लगायतका करिब ११ वटा भन्दा बढी स्थानहरु अझै पनि नेपाल टेलिकमको सञ्चार पहुँचभन्दा बाहिर रहेको उल्लेख गरिएको छ ।

    वर्तमान समयमा सञ्चार जस्तो आधारभूत सुविधाबाट नागरिक वञ्चित हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले ती स्थानहरुमा तत्काल टावर जडान गरी जनतालाई सञ्चारको पहुँचमा पुर्‍याउन आग्रह गरेका छन् । सञ्चार सुविधाको अभावमा ती क्षेत्रका बासिन्दाहरुले सूचना आदानप्रदान गर्न, आकस्मिक सेवा लिन र विद्यार्थीहरुले पठनपाठनमा समेत सास्ती खेप्दै आएका थिए ।

    उनले आफ्नो कार्यकालको सुरुवात नै जनताको आधारभूत समस्या उठाउन सुरु गरेका छन् । गुरुङको यो पहलसँगै नेपाल टेलिकमले ती क्षेत्रमा प्राविधिक सर्वेक्षण गरी छिट्टै नेटवर्क विस्तार गर्ने बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १८:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij