Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

बाघको पुच्छर छुने हुँदा गयो ज्यान

बाघको पुच्छर छुने हुँदा गयो ज्यान


  • 3.2K
    Shares

    बाघको पुच्छर छुने हुँदा गयो ज्यान
    images

    भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ । 

    सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए । 

    त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो । आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन । 

    वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ । उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् । 

    बाघ ठूलो शिकार गरेर आराम गरिरहेको बेलामा गाउँलेहरू त्यसलाई सताउन पुगेका थिए । त्यसैक्रममा सन्तोषले बाघको पुच्छरमा लट्ठी हिर्काउँदा बाघले सांघातिक आक्रमण गरेको थियो । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १४:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij