Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

अफगानस्तानमा तालवान गभर्नरको हत्या, 'आइएस'ले लियो जिम्मेवारी

अफगानस्तानमा तालवान गभर्नरको हत्या, 'आइएस'ले लियो जिम्मेवारी


  • 1.8K
    Shares

    अफगानस्तानमा तालवान गभर्नरको हत्या, 'आइएस'ले लियो जिम्मेवारी
    images

    अफगानिस्तानको बल्ख प्रान्तका गभर्नर मोहम्मद दाउद मुजाम्मिलको हत्या भएको छ। मुजाम्मिलकै कार्यालयमा गराइएको आत्मघाती विस्फोटमा उनको मृत्यु भएको हो। आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)ले लिएको छ।

    मुजाम्मिल यसअघि नानगहर प्रान्तको गर्भनर हुँदा आइएसविरुद्ध अभियानको नेतृत्व गरेका थिए। गत अक्टोबरमा उनलाई बल्खको गर्भनरमा नियुक्त गरिएको थियो।

    सन् २०२१ मा तालिवानले सत्ता हातमा लिएपछि हत्या गरिएका उनी पहिलो वरिष्ठ अधिकारी हुन्। आइएसले पछिल्लो समय अफगानिस्तानमा तालिवान समर्थकहरुमाथि आक्रमण गर्दै आएको छ।

    तालिवानका प्रवक्ताले इस्लामका शत्रुहरुले गराएको विस्फोटमा परेर गभर्नरको मृत्यु भएको जनाएका छन्। सो विस्फोटमा अन्य केही व्यक्तिको पनि मृत्यु भएको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij