Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

जर्मनीको एक चर्चमा गोली प्रहार सातको मृत्यु, कैयौँ घाइते

जर्मनीको एक चर्चमा गोली प्रहार सातको मृत्यु, कैयौँ घाइते


  • 2.0K
    Shares

    जर्मनीको एक चर्चमा गोली प्रहार सातको मृत्यु, कैयौँ  घाइते
    images

    जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।

    बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो ।

    यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए । तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।

    गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ ।

    उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ । एजेन्सी

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij