Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


  • 2.1K
    Shares

    यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

    यमनमा डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। मंगलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो।

    यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो। उक्त डुंगा मा २७ जना यात्रु सवार रहेका थिए। ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ।

    उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा डुबेको बताइएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ।

    आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा  डुबेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए।

    डुंगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ। एजेन्सी

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १४:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij