Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अमेरिकामा ४ हप्तामा लाखभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण

अमेरिकामा ४ हप्तामा लाखभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण


  • 2.3K
    Shares

    अमेरिकामा ४ हप्तामा लाखभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण

    अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोरोना संक्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र १ लाख ६ हजार जना बालबालिका कोरोनाको संक्रमणमा परेका हुन्। 

    अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ। यहाँ कोरोनाको संक्रमण सुरु भएपछि १ करोड ५५ लाख बालबालिकालाई कोरोनाको संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ। 

    पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोरोना संक्रमण भएको थियो। यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोरोनाको संक्रमणमा परेका बताइएको छ। 

    अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भइ नै रहेको बताइएको छ।

    त्यसैले यहाँका चिकित्सकहरुले कोरोनाबाट संक्रमित भएकाहरुको उमेर अनुसारको तथ्यांक लिनुपर्ने आवश्यकता रहेको बताएका छन्। रासस/सिन्ह्वा 

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १४:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij