Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी हुँदा १२ हजार घरबारविहीन (तस्बिरहरू)

बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी हुँदा १२ हजार घरबारविहीन (तस्बिरहरू)


  • 3.0K
    Shares

    बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी हुँदा १२ हजार घरबारविहीन (तस्बिरहरू)
    images

    दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएकाे छ। आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन्।

    आगलागी आइतबार भएकाे हाे। आगलागीबाट मानवीय क्षति भने भएको छैन।छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ।

    आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। आगलागी स्थानीय समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेतिर भएकाे थियाे।

    बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने: ‘लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका छ र १२,००० म्यान्मार घरबारविहीन भएका छन्।’

    रहमानका अनुसार तीन घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियाे।

    तर यस अवधिमा कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको उनले बताए।

    ro3.jpg

    ro2.jpg

    ro1.jpg

    प्रकाशित मिति :फाल्गुण २२ २०७९ सोमवार - १०:५८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij