Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

जहाजभित्रै एक विद्यार्थीले सँगै बसेका यात्रुमाथि पिशाव फेरिदिएपछि...

जहाजभित्रै एक विद्यार्थीले सँगै बसेका यात्रुमाथि पिशाव फेरिदिएपछि...


  • 1.9K
    Shares

    जहाजभित्रै एक विद्यार्थीले सँगै बसेका यात्रुमाथि पिशाव फेरिदिएपछि...

    अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्रै एक यात्रीलाई अर्का यात्रीमाथि पिशाव फेरिदिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार यो जहाज शनिबार राति दिल्लीमा अवतरण गरेको छ।

    पीटीआईका अनुसार पिशाव फेरिदिने ती यात्रु अमेरिकी युनिभर्सिटीमा पढ्ने विद्यार्थी हुन्। उनी मदिरा पिएर मातेको अवस्थामा थिए।

    जब उनी निदइरहेका थिए, तब उनले अर्का यात्रुलाई पिशाव फेरिदिएका हुन्। आफ्नो शरीरमा समेत पिशाव लागेपछि ती अर्का यात्रुले चालक दलका सदस्यसमक्ष गुनासो गरेका थिए।

    एयरलाइन्सले यस मामिलालाई गम्भीरतापूर्वक लिँदै एयरपोर्टमा जहाज अवतरण भएपछि एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए। 

    जहाज अवतरण हुनेबित्तिकै सीआईएसएफले अभियुक्तलाई पक्राउ गरेर पुलिसमा बुझाइदिएको छ। पुलिसले यो घटनामा दुवै व्यक्तिको बयान लिएर जाँच अघि बढाएको छ। 

    समाचार एजेन्सी एएनआईका अनुासर इन्दिरा गान्धी विमानस्थलका डीएसपीले अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्का यात्रीलाई पिशाव फेरिदिएको उजुरी आएको बताएका छन्। 

    उनले अभियुक्तको पहिचान गरिएको भन्दै कानुनी कारवाही अघि बढाइसकेको उल्लेख गरे। केही महिनाअघि पनि एक जहाजमा यात्रुमाथि पिशाव फेरिदिएको घटना सार्वजनिक भएको थियो। यो घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो। 

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १२:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij