Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

लिग टु : पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

लिग टु : पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती


  • 2.6K
    Shares

    लिग टु : पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

    आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँग जितको लागि नेपालले १ सय ८०  रनको मध्यम लक्ष्य पाएको छ। 

    दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो। 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरिले दुई विकेट लिए। दिपेन्द्रले आफ्नो स्पेलमा १ मेडन राख्दै २० रन दिए। सोमपाल कामीले १० ओभरमा ३९ रन दिएर २ विकेट झारे।  

    कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएर १ विकेट झारे। सन्दीप लामिछाने र करण केसीले एक एक विकेट आफ्नो नाममा गरे। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए।

    ११ औँ ओभरमो तेस्रो बलमा सन्दीप लामिछानेले किपलिनलाई २६ रनमा एलबीडब्लु धरापमा पारे। उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए। 

    सेसे बाउ र कप्तान असद भाला समान ११ रनमा पवेलियन फर्के। 

    हिरि हिरि ३१ रन बनाउँदा दिपेन्द्रको बलमा क्याच आउट भए। गउडी टोका १५ रनका ऐरिको बलमा बोल्ड आउट भए। चाड सोपर ९ रनमा रन आउट भए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - १५:३०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij