Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लिग टु : आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल

लिग टु : आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल


  • 2.4K
    Shares

    लिग टु : आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल
    images

    आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ। 

    दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार पौने १२ बजे सुरु हुनेछ। पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल गर्न चाहन्छ। 

    शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै ६ खेल जित्नैपर्ने दबाब छ। शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन नेपालले चार खेल जित्नुपर्ने हुन्छ। 

    ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकमा नेपाल छैटौं स्थानमा छ। समान ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकमा पीएनजी तालिकाको पुछारमा छ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - ११:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij