Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल र यूएईबीचको क्रिकेट लाइभ अनलाइन मार्फत यसरी हेर्नुहोस्

नेपाल र यूएईबीचको क्रिकेट लाइभ अनलाइन मार्फत यसरी हेर्नुहोस्


  • 2.1K
    Shares

    नेपाल र यूएईबीचको क्रिकेट लाइभ अनलाइन मार्फत यसरी हेर्नुहोस्
    images

    काठमाडौं । नेपाली क्रिकेटका लागि आज दुई महत्त्वपूर्ण हेल हुँदैछन् । सिनियर राष्ट्रिय टोलीले आईसीसी वर्ल्ड क्रिकेट लिग टुको ३०औं खेल खेल्दा यू-१९ टोलीले विश्वकपका लागि एसिया क्षेत्रको छनोटको निर्णायक खेल खेल्दैछ । दुवै खेलमा प्रतिस्पर्धी राष्ट्र यूएई​ रहेकाे छ ।

    नेपाली समयअनुसार बिहान १०ः४५ देखि यू-१९ टाेलीकाे खेल हुनेछ भने मध्यान्ह ११ः४५ देखि सिनियर राष्ट्रिय टोलीकाे खेल सुरु हुनेछ । तर सिनियर टोलीको खेलमात्रै प्रत्यक्ष प्रसारण हेर्न पाइनेछ । साे खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीबाट हेर्न सकिन्छ । 

    तर यदि तपाईँ कार्यालयमा हुनुहुन्छ अथवा टिभीको पहुँचमा हुनुहुन्न र मोबाइलमा नै यो खेल हेर्न चाहनुहुन्छ भने यसका लागि कान्तिपुर टिभीकाे वेबसाइट, मोबाइल एप वा वर्ल्डलिंकको नेटटिभी एप उपयुक्त हुनसक्छ । 

    यदि नेटटिभी एपबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहनुहुन्छ भने याे विधि प्रयाेग गर्नुहाेस्:

    मोबाइलबाट नि:शुल्क खेलको प्रत्यक्ष प्रसारण हेर्न यसो गर्नुहोस्:  

    - प्ले स्टोरमा अथवा एप स्टोरमा गएर 'नेटटिभी'  (NetTV) ​इन्स्टल गरेर ओपन गर्नुहोस् ।
    - गेट स्टार्टेड (Get started) मा क्लिक गर्नुहोस् ।
    - एप कसरी प्रयोग गर्ने भनेर दिइने निर्देशनहरूलाई स्किप गर्दै लगइनको पेजमा जानुहोस् । त्यहाँ गएर तपाईँले विभिन्न माध्यमबाट एपमा साइन-इन गर्न सक्नुहुन्छ । यदि तपाईँ वर्ल्डलिंकको प्रयोगकर्ता हुनुहुन्छ भने 'साइन इन विथ योर आईएसपी' अप्सनमा क्लिक गरेर आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ । अथवा साइन इन विथ गुगल, फेसबुक वा एनसेल गरेर आवश्यक विवरण भरेर लगइन गर्न सक्नुहुन्छ । 
    - यसपछि स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको 'लाइभ टिभी' मा क्लिक गर्नुहोस् ।
    - कान्तिपुर टिभीले साे खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । कान्तिपुर टिभी अथवा कान्तिपुर सिनेप्लेक्स च्यानलमा ट्याप गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - ११:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij