Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिकोणात्मक क्रिकेट लिग: सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा राखियो नाम

त्रिकोणात्मक क्रिकेट लिग: सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा राखियो नाम


  • 2.1K
    Shares

    त्रिकोणात्मक क्रिकेट लिग: सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा राखियो नाम
    images

    काठमाडौँ । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् ।

    युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।

    सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।

    त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ । 

    यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १२:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij