Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यू-१९ विश्वकपको एसिया छनोट: हङकङले नेपाललाई दियो १२१ रनको सामान्य लक्ष्य

यू-१९ विश्वकपको एसिया छनोट: हङकङले नेपाललाई दियो १२१ रनको सामान्य लक्ष्य


  • 2.1K
    Shares

    यू-१९ विश्वकपको एसिया छनोट: हङकङले नेपाललाई दियो १२१ रनको सामान्य लक्ष्य
    images

    काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ ।

    युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।

    हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

    हङकङका लािग पाँचौ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । आहन त्रिवेदी ११ रनमा रनआउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

    स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १४:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij