Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भ्रम र घृणा जगाउने, फेक न्यूज उत्पादन गर्ने सामाजिक संजाललाई नियन्त्रण गर्न अदालतले दियो यस्तो आदेश 

भ्रम र घृणा जगाउने, फेक न्यूज उत्पादन गर्ने सामाजिक संजाललाई नियन्त्रण गर्न अदालतले दियो यस्तो आदेश 


  • 6.5K
    Shares

    भ्रम र घृणा जगाउने, फेक न्यूज उत्पादन गर्ने सामाजिक संजाललाई नियन्त्रण गर्न अदालतले दियो यस्तो आदेश 
    images

    भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ। ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र सरकार र ट्वीटरलाई आदेश दिएको हो।

    सर्वोच्चले ट्वीटर लगायतका सामाजिक सञ्जालबाट प्रचार हुने फेक न्यूजका माध्यमबाट घृणा फैलाउने सामग्रीको जाँच गर्न भनेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

    भारतमा सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै त्यसले समाजमा भ्रम र घृणा जगाउने सामाग्री बढी प्रसारित हुन थालेपछि सर्वोच्चले निर्देशनात्मक आदेश दिएकोे हो।

    पछिल्लो समय विश्वभर नै सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा बहस भइरहेका बेला भारतीय सर्वोच्च अदालतको आदेशलाई महत्वका साथ हेरिएको छ।

    अनलाइन मिडियाको मनोमानी रोक्ने भन्दै भारतको केन्द्र सरकारले आईटी नियममा परिवर्तन गर्ने तयारी गरेको छ। सरकारले त्यस सम्बन्धी जानकारी संसदलाई समेत गराइसकेको छ।

    सर्वोच्चले एक हप्ताअघि फेक न्यूजमाथि रोक लगाउनको लागि सामाजिक सञ्जाल लगायत अनलाइन मिडियालाई नियन्त्रण गर्न कानुनी दायरामा ल्याउन माग गर्दै दायर भएको निवेदनमाथि सुनुवाई गरेको थियो।

    जसमा अदालतले सरकारसँग त्यसबारे जवाफ मागेको थियो। त्यसपछि सरकारले उक्त कानुन ल्याउने घोषणा गरेको थियो। एजेन्सी 

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १६:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij