Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का


  • 2.3K
    Shares

    ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का
    images

    चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ। 

    भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।

    सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।

    मृतकको सङ्ख्याको बारेमा अहिलेसम्म कुनै समाचार आएको छैन ।

    युएसजीएसले प्रारम्भिक जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको जहाँ जनसङ्ख्या निकै कम रहेको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १०:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij