Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

अमेरिकाबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण भएपछि...

अमेरिकाबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण भएपछि...


  • 2.1K
    Shares

    अमेरिकाबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण भएपछि...
    images

    अमेरिकाबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान स्विडेनमा आपत्कालीन अवतरण भएको छ । अमेरिकाको नेवार्क (न्यु जर्सी)बाट करिब तीन सय यात्रु बोकेर दिल्लीका लागि उडेको एयर इन्डियाको ‘एआई–१०६’ उडानलाई स्टक होम (स्विडेन)मा आकस्मिक अवतरण गर्नुपरेको हो ।

    समाचार एजेन्सी पीटीआईका अनुसार विमानको एउटा इन्जिनबाट तेल चुहिएपछि आपत्कालीन कदम चाल्दै विमानलाई स्टक होमतर्फ मोड्नुपरेको थियो । आकस्मिक अवतरणलाई ध्यानमा राख्दै स्टक होम एयरपोर्टमा धेरै फायर इन्जिनहरू तैनाथ गरिएको बताइएको छ ।

    तर, क्षतिको कुनै पनि खबर भने आएको छैन । विमानमा सवार सबै यात्रु सकुशल रहेको दाबी गरिएको छ । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij