Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन

‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन


  • 2.2K
    Shares

    ‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन
    images

    वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात् सोमबार ७९ वर्षको उमेरमा उनी संसारबाट बिदा भएन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो ।

    बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने की राह’ र ‘जय सन्तोषी माँ’ जस्ता ब्लकबस्टर फिल्महरूमा उत्कृष्ट अभिनय गरिन् ।

    बेला राष्ट्रिय स्तरकी पौडी खेलाडी पनि थिइन् 

    बेलाको विवाह अभिनेता तथा फिल्ममेकर आशिस कुमारसँग भएको थियो । अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार र राष्ट्रिय स्तरको पौडी खेलाडी थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिका मिल्यो । तर, धेरै अग्ली भएका कारण उनको हातको धेरै फिल्म पनि गयो ।

    कुलीन परिवारकी थिइन्

    बेला बोसको जन्म एक कुलीन परिवारमा भएको थियो । रिपोर्टका अनुसार जुन बैङ्कमा उनको परिवारको सबै पैसा राखिएको थियो, त्यो बैङ्क डुबेको थियो । जसका कारण परिवारले आर्थिक सङ्कट झेल्नुपरेको थियो । ३६ वर्षको उमेरमा उनका पिताको पनि सडक दुर्घटनामा निधन भएको थियो ।

    एक्कासि परिवारमा दुःखको पहाड खस्यो । परिवारलाई आर्थिक सहयोग पु¥याउन उनले सानै उमेरमा चलचित्रमा ग्रुप डान्सरको रूपमा काम गर्न थालिन् ।

    उत्कृष्ट चलचित्रमा गरेकी छिन् काम

    बेलाले आफ्नो करियरमा ‘जिंदगी और मौत’, ‘रकी मेरा नाम’, ‘शिकार’ र ‘हवा महल’ जस्ता उत्कृष्ट फिल्ममा काम गरिसकेकी छिन् । उनले १७ वर्षको उमेरमा सन् १९६२ मा रिलिज फिल्म ‘सौतेला भाई’बाट डेब्यू गरेकी थिइन् । (एजेन्सी)

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १२:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij