Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सन्दीप लामिछानेले लगातार ३ विकेट झारे

सन्दीप लामिछानेले लगातार ३ विकेट झारे


  • 2.6K
    Shares

    सन्दीप लामिछानेले  लगातार ३ विकेट झारे

    लेग स्पिनर सन्दीप लामिछानेले लगातार ३ विकेट झारेका छन्। आइसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

    सन्दीपले १४ औँ ओभरमो अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए। 

    त्यसअघि सन्दीपले १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यानडले आजको खेलमा मैदान उतारेको थियो। 

    सन्दीपले नै सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए। १४ ओभरको समाप्तीमा स्कटल्यान्डले ३ विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १०:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij