Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य


  • 2.0K
    Shares

    स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

    काठमाडौँ । रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य पाएको छ ।

    टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा आउट हुँदै २ सय २१ रन बनाएको हो ।

    स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन बनाए ।

    नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १३:१०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij