Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भद्रपुर झापा गोल्डकप आजबाट, विजेताले १३ लाख पाउने

भद्रपुर झापा गोल्डकप आजबाट, विजेताले १३ लाख पाउने


  • 2.0K
    Shares

    भद्रपुर झापा गोल्डकप आजबाट, विजेताले १३ लाख पाउने

    झापाको मेची रंगशालामा आजबाट पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ। झापाको मेची रंगशालामा ८ टिम सम्मिलित गोल्डकप आजबाट सुरु हुन लागेको हो।

    गोल्डकपमा आयोजकसहित नेपालका ए डिभिजनसाथै भारत, भुटान र बंगलादेशका क्लबले पनि सहभागीता जनाउने छन्।

    आजको पहिलो खेलमा आयोजक भद्रपुर ब्लास्टर्सले भारतको जयगाउँ फुटबल टिमसँग खेल्नेछ। यो उद्घाटन खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।

    प्रतियोगिताका सबै खेलहरू दिउँसो २ बजे सुरु हुनेछन्। प्रतियोगितामा खेल हेर्न आउने दर्शकका लागि आयोजकले २०० र १५० रुपैयाँको टिकट व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।

    प्रतियोगितामा हरेक दिन एक खेल हुनेछन् भने १६ गते हुने फाइन खेलको अघिल्लो दिन भने आयोजकले ग्याप दिने भएको छ। प्रतियोगिता अन्तर्गत दोस्रो दिन भोली विभागीइ क्लब पुलिस चर्च बोइजको सामना गर्ने आयोजकले जारी गरेको तालिकामा उल्लेख छ।

    त्यस्तै, फागुन ९ गते संकटाले आजको खेलको विजेताको सामना गर्नेछ। आउँदो १० गते भने फागुन ८ गते हुने खेलको विजेतासँग लिग च्याम्पियन मछिन्द्र क्लबले खेल्नेछ भने पाँचौ खेलमा ११ गते आर्मी क्लबले भुटानको ड्रुक ह्यायुल क्लबविरुद्ध खेल्ने तय छ।

    331600744_587912036519540_1144009685570179539_n-1676788949.jpg

    फागुन १२ गते हुने प्रतियोगिताको छैटौं खेलमा एपिएफले बंगादेशको काउवर्नसँग प्रतिस्सपर्धा गर्ने तालिकामा उल्लेख रहेको छ। प्रतियोगितामा सेमीफाइनल खेल फागुन १३ र १४ गते हुनेछ।

    यो गोल्डकपको लागि झापाको सदरमुकाम मद्रपुरमा २० दर्शक क्षमताको प्यारापिट बनाएको आयोजकले जानकारी दिएको छ। यो प्रतियोगिताको लागि मात्र अस्थाइ प्यारापिट बनाइएको हो।

    यो गोल्डकपको विजेतो १३ लाख पुरस्कार पाउनेछ भने उपविजेताले पनि सात लाख पुरस्कार पाउने छ। आयोजकले प्रतियोगिताको कुल लागत ढेड करोड रहेको अनुमान गरेको जनाएको छ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्ताले नगद २५ हजार पाउने छन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजले बताएको छ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १३:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij