Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?

आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?


  • 2.0K
    Shares

    आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?

    आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा पाहुना टोली नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाले नेपाललाई दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

    यसअघि नामिबियाले ७ डिसेम्बर २०२२ मा नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए । 

    एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए । 

    यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३/१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे । बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए ।

    उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो । 

    गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीप ६ महिना मैदान बाहिर थिए । गत पुसमा पाटन अदालतले धरौटीमा छोड्न आदेश दिएपछि भने उनी पुनः मैदान फर्किएका हुन् । त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक/एक विकेट हात पारे । 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १३:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij