Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यू–२० साफ महिला च्याम्पियनसिप: फाइनलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने

यू–२० साफ महिला च्याम्पियनसिप: फाइनलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने


  • 2.2K
    Shares

    यू–२० साफ महिला च्याम्पियनसिप: फाइनलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने

    बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीपको फाइनल बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा हुने फाइनलमा नेपाल र आयोजक बंगलादेश भिड्नेछन् । फाइनल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

    सहभागी ४ टिमबीच राउन्ड रोबिनको आधारमा शीर्ष २ टिमहरू नेपाल र बंगलादेश फाइनलमा प्रवेश गरेका हुन् ।

    फाइनल पुग्नअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोर्दा दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । त्यसैगरी, तेस्रो खेलमा भारतलाई ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    यता पहिलो खेलमा नेपाललाई पराजित गरेको बंगलादेशले भने दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा बंगलादेशले भुटानलाई ५-० ले पाखा लगाएको थियो ।

     

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - १६:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij