२०८२ भाद्र ३ गते मंगलवार
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
ढाकामा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यस्तै, भुटान पनि पहिलो जितको खोजीमा हुनेछ ।
शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ ले तथा भुटान भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij