Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ए डिभिजन लिग: विजेतालाई ७५ लाख, १२ करोड खर्च हुने अनुमान

ए डिभिजन लिग: विजेतालाई ७५ लाख, १२ करोड खर्च हुने अनुमान


  • 1.8K
    Shares

    ए डिभिजन लिग: विजेतालाई ७५ लाख, १२ करोड खर्च हुने अनुमान

    आगामी फागुन १९ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ७५ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै उपविजेता क्लबले ५० लाख तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउने छ । फेयर प्लेले तीन लाख पाउने छ । 

    आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी १४ वटै क्लबलाई तयारीका लागि पहिलो किस्ता स्वरुप प्रति क्लब १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको जनाएको छ । 

    एन्फाले पाँचौं चरणसम्मको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन् । लिग संचालन गर्न १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान एन्फाको रहेको एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - १६:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij