Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, को कुन ग्रेडमा ?

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, को कुन ग्रेडमा ?


  • 2.2K
    Shares

    नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, को कुन ग्रेडमा ?

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो ।

    क्यानको पोखरामा मंगलबार बसेको बैठकले नयाँ वर्गीकरण गरेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए । बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको छ ।

    यस्तो छ वर्गीकरण :

    पुरुष

    ग्रेड ‘ए’ : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी आशिफ शेख र करण केसी

    ग्रेड ‘बी’ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख

    ग्रेड ‘सी’ : अविनाश बोहरा, गुलसन झा, कमल सिंह ऐरी, विनोद भण्डारी, अर्जुन साउद, विवेक यादव देव खनाल, ललितनारायण राजवंशी, कुशल मल्ल र सागर ढकाल

    महिला

    ग्रेड ‘ए’ : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा

    ग्रेड ‘बी’ : अस्मिना कमाचार्य, कविता कुँवर र कजोल श्रेष्ठ

    ग्रेड ‘सी’ : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योती पाण्डे र अप्सरी बेगम 

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १३:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij