Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत


  • 6.3K
    Shares

    ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत
    images

    अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् ।

    सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए। योसँगै निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगको  सुनुवाइले निरन्तरता पाउने भएको छ ।

    सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेको बीबीसीले जनाएको छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

    अमेरिकी संसदमा भएको आक्रमणका लागि समर्थकहरूलाई ‘उक्साएको’ भन्दै उनीमाथि महाभियोग लगाइएको हो । उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १२:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij