Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मोन्टी देसाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी

मोन्टी देसाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी


  • 2.9K
    Shares

    मोन्टी देसाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो ।

    भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए । तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन ।

    मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो ।

    देसाईले सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ । त्यस्तै उनले सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही समयमा क्यानडाको प्रशिक्षक पनि थिए ।

    देसाई सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली टोलीको खस्किँदो ब्याटिङ सुधारका लागि उनको आवश्यक क्यानले ठानेको छ । क्यानका प्रवन्धक बृतान्त खनालले प्राविधिक समितिले बोर्डलाई देसाईको नाम सिफारिस गरेको र दुई दिनमा उनलाई नियुक्ति गरिने जानकारी दिए ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १६:५८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij