Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी


  • 2.1K
    Shares

    नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

    काठमाण्डौ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ ।

    सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो ।

    खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

    समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् । 

    मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीले जनाएको छ ।

    पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतमा खेलका अफिसियलकोसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । मिलेमतोमा धेरैजसो विदेशी र केही नेपाली खेलाडी पनि जोडिएको पाइएको छ ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १६:५४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij