Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ए डिभिजन लिग: पहिलो खेलमा फ्रेन्ड्स र खुमलटार युथ क्लब भिड्ने

ए डिभिजन लिग: पहिलो खेलमा फ्रेन्ड्स र खुमलटार युथ क्लब भिड्ने


  • 1.9K
    Shares

    ए डिभिजन लिग: पहिलो खेलमा फ्रेन्ड्स र खुमलटार युथ क्लब भिड्ने

    आगामी फागुन १९ गतेदेखि ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागु १९ गतेदेखि सुरु हुने लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र खुमलटार युथ क्लब भिड्ने जानकारी शुक्रबार दिएको छ। 

    दशरथ रंगशालामा हुने पहिलो खेल फागुन १९ गते साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ। लिगको दोस्रो खेल चर्च ब्वाइज युनाइटेड नेपाल र विभागीय टोली नेपाल पुलिसबीच च्यासल ग्राउन्डमा हुने भएको छ। 

    ड्वेल राउन्ड रोबिनमा हुने लिगका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल फुटबल ग्राउन्डसहित तीन स्थानमा हुनेछ 

    यो सिजनको लिगमा जम्मा १८२ खेल हुनेछन्। एन्फाले पाँच राउन्डसम्मका खेलको तालिका पनि तय गरिसकेको जनाएको छ। 

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १७:०१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij