Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विश्व फुटबलका दुई स्टारको भिडन्त हुँदै, खेल कति बजे ?

विश्व फुटबलका दुई स्टारको भिडन्त हुँदै, खेल कति बजे ?


  • 2.1K
    Shares

    विश्व फुटबलका दुई स्टारको भिडन्त हुँदै, खेल कति बजे ?

    फुटबलप्रेमीका लागि आज रोमान्चक दिन हो । अझँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका फ्यान भने आजको दिनको प्रतिक्षामा थिए । समयकालीन फुटबलका दुई स्टार मेसी र रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् ।

    विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेसी भने विश्व चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

    अहिलेसम्म घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा मेसी र रोनाल्डो ३६ पटक आमनेसामने भएका छन् । उनीहरूको पहिलो भिडन्त २००८ को च्याम्पियन्स लिगमा भएको थियो । मेसी र रोनाल्डोबीचको पछिल्लो भिडन्त चाहिँ सन् २०२० मा भएको थियो । यूसीएलको त्यस म्याचमा रोनाल्डोको जुभेन्टसले मेसीको बार्सिलोनालाई ३–०ले स्तब्ध तुल्यायो ।

    समग्र नतिजामा भने मेसी अगाडि छन् । रोनाल्डोले ११ वटा म्याचमा जित हासिल गर्दा मेसीको जित संख्या १६ छ । गोलसंख्यामा मेसी एक गोलले अगाडि छन् । उनले २२ गोल गर्दा रोनाल्डोको २१ गोल छ । मैत्रीपूर्ण खेल नेपाली समयअनुसार १०ः४५ मा सुरु हुनेछ । आजको खेललाई नेपाली फुटबलप्रमीहरुले पनि चाँसोको रुपमा हेरेका छन् ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १६:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij