Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मेसी र रोनाल्डो एक-अर्का विरुद्ध भिड्दै, कसले मार्ला बाजी?

मेसी र रोनाल्डो एक-अर्का विरुद्ध भिड्दै, कसले मार्ला बाजी?


  • 1.7K
    Shares

    मेसी र रोनाल्डो एक-अर्का विरुद्ध भिड्दै, कसले मार्ला बाजी?

    विश्व फुटबलका दुई स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी आएसँगै आफ्नो पहिलो खेलमा अर्का विश्वविजेता स्टार लिओनेल मेसीसँग प्रतिस्पर्धा गर्दैछन्।

    बिहीबार राति हुने खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अल स्टार ११ को सामना गर्ने छ। साउदी अल स्टारको कप्तान रोनाल्डोले गर्दै छन्।

    यी दुई स्टारबीच पछिल्लो पटक सन् २०२० को डिसेम्बरमा प्रतिस्पर्धा भएको थियो। रोनाल्डो युभेन्टसमा रहँदा बार्सिलोना र युभेन्ट्सबीच च्याम्पियन्स लिगमा भिडन्त भएको थियो। तर अहिले दुवै स्टारले आफ्ना पूर्व क्लबहरू छाडिसकेका छन्।

    मेसी अहिले फ्रेन्च क्लब पिएसजीमा रहँदा रोनाल्डो कीर्तिमानी मूल्यमा केही समय अघिमात्रै साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्।

    रोनाल्डोले क्लबबाट डेब्यु गर्न बाँकी नै रहँदा लिगका स्टार खेलाडीहरूको सहभागिता रहेको अल स्टारबाट भने प्रतिस्पर्धा गर्न लागेका हुन्।

    रोनाल्डोले इंग्ल्यान्डमा रहँदा एक फ्यानमाथि गरेको दुर्व्यहारका कारण दुई खेलको प्रतिबन्धमा परेका थिए। जसका कारण अल नासरमा उनको डेब्यु प्रतीक्षा लम्बिएको हो।

    पिएसजी र अल स्टारबिचको खेल बिहीबार रियादस्थित किंग फाहद रंगशालामा नेपाली समयअनुसार राति १०:४५ मा सुरु हुने छ।

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १४:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij