२०८२ माघ ८ गते बिहिवार
नेपाल टी-२० लिग क्रिकेटको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्ससमक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ।विराटनगरले जितका लागि १३४ रनको लक्ष्य पाएको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले २० रन बनाएका थिए।
लुम्बिनीको मध्य र पछिल्लो क्रम गतिलो स्कोर बनाउन असफल हुँदा विराटनगरले जितका लागि सहज लक्ष्य पाएको हो।
विराटनगरका लागि नन्दन यादव राज ननानले समान २-२ विकेट रह्यो। त्यस्तै, हुसेइन तलात केओन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले समान १-१ विकेट रह्यो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij