Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी २० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

नेपाल टी २० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै


  • 1.8K
    Shares

    नेपाल टी २० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

    काठमाडौं । नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

    लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रूपमा क्वालिफायरमा स्थान बनाएको थियो । क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो ।

    समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ । पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो ।

    लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मङ्गलवार जनकपुरलाई हराउँदै लुम्बिनीसँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन ।

    यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन् । उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ ।

    काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो ।

    विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - ११:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij