Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने


  • 1.8K
    Shares

    नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

    काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

    मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर राेयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको जनकपुर इनिङ्सको पाँच बल अगावै १२८ रनमा समेटियो । जनकपुरका लागि चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ६ चौका प्रहार गरे ।

    ओपनर सराफउद्धिन असरफ ४ रनमा आउट भए पनि अर्का ओपनर तथा कप्तान ट्रेभोन ग्रिफिफ्तले २४ बलमा ३४ रन बनाए । खडक बोहोराले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

    बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले समान २–२ विकेट लिए । हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । उसका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

    कप्तान रोहित पौडेल ४ बलमा १ रन बनाउँदै समिमुल्लाह सेनवारीको बलमा सराफउद्धिन असरफको हातबाट क्याच आउट भए । हुसेन तलात २१ बलमा ३१ रन बनाउँदै क्याच भए । राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर रनआउट भए ।

    विवेक कुमार यादव ७ बलमा ६ रन बनाउँदै क्याच आउट भए । अमर रौतेला ६ र पृथु बास्कोटा २ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए । सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए । विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १६:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij