Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी–२० लिगको क्वालिफायरमा, रोहित र विवेकको उत्कृष्ट ब्याटिङ

नेपाल टी–२० लिगको क्वालिफायरमा, रोहित र विवेकको उत्कृष्ट ब्याटिङ


  • 2.3K
    Shares

    नेपाल टी–२० लिगको क्वालिफायरमा, रोहित र विवेकको उत्कृष्ट ब्याटिङ

    विराटनगर सुपर किंग्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । 

    विराटनगरले अब मंगलबार फाइनल प्रवेशका लागि जनकपुर रोयल्सको सामना गर्नेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । नेट रन रेटको आधारमा एलिमिनेटर पुगेको काठमाडौंले भने क्वालिफायरको यात्रा गर्न सकेन । 

    एलिमिनेटर खेलमा विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । उसका लागि अविनाश बोहराले अविजित १६, कप्तान ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमल ऐरीले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेन ।

    काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा स्पिनर सूर्य तामाङले २.४ ओभरमा १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, साहब आलम, केओन जोसेफले दुई/दुई र हुसेन तलतले एक विकेट लिए । 

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । 

    ४९ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाए । जारी लिगमा रोहितको यो चौथो अर्धशतक हो । युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । १८ बलको सामना गरेका उनले तीन छक्का र तीन चौकाको मद्दतमा अविजित ४६ रन बनाए । 

    हुसेन तलतले ३८ र राज नाननले २३ रन जोडे । काठमाडौंका लागि अनिल खरेल, कमल सिंह ऐरीले दुई/दुई, गौतम केसी, अविनाश बोहरा र एक/एक विकेट लिए । 

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १६:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij