२०८२ भाद्र ३ गते मंगलवार
पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।
फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि२के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गर्यो ।
टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो । एसटुजीले कुल ५ लाख १० हजार अमेरिकी डलर जित्दा डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो ।
समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij