Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान, यस्तो छ मापदण्ड

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान, यस्तो छ मापदण्ड


  • 1.8K
    Shares

    क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान, यस्तो छ मापदण्ड

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । 

    क्यानले योग्य प्रशिक्षकले आफ्नो बायोडाटा १४ फेब्रुअरीसम्म क्यानको मेलमा पठाईसक्न अनुरोध गर्दै मुख्य प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षकविहीन छ । यसअघि खराब नतिजाकै कारण क्यानले मुख्य प्रशिक्षक मनोज प्रभाकरको राजीनामा मागेको थियो ।

    प्रशिक्षक प्रभाकरले राजीनामा दिएपछि क्यान नयाँ प्रशिक्षकको खोजीमा लागेको हो । तत्कालीन मुख्य प्रशिक्षक पुबुदू दासानायकेले राजीनामा दिएपछि प्रभाकरलाई क्यानले एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्ति गरेको थियो ।

    इसीबी/सीए लेभल–थ्री गरेको हुनुपर्ने, टेस्ट राष्ट्र, फस्ट क्लास टिम अथवा एसोसिएट राष्ट्रको न्युनतम पाँच वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने प्रावधान राख्दै क्यानले प्रशिक्षकको माग गरेको हो ।
    Vacancy Coach Jan 2023 (Revised) (1)1673245280.jpg

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १२:४८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij