Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिम भिड्दै

पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिम भिड्दै


  • 1.8K
    Shares

    पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिम भिड्दै

    पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेल आजबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने खेलमा नेपालबाट ‘ट्रेन टु किल’ (टीटूके) र ‘डीआरएस गेमिङसहित कुल १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    पीएमजीसी अन्तर्गत समूह चरणमा ‘यल्लो ग्रुप’मा रहेकाे टीटूकेले शीर्ष तीनभित्र रहँदै फाइनलको यात्रा तय गरेको हो भने ‘डीआरएस गेमिङ’ले सर्भाइबल स्टेज र लास्ट चान्स खेल्दै अन्तिम फाइनल स्थान सुरक्षित गरेकाे थियाे ।

    यो प्रतियोगिताको फाइनलको लागि १५ लाख अमेरिकी डलर (करिब २० करोड नेपाली रुपैयाँ) कुल पुरस्कार राशि राखिएको छ, जुन पहिलो, दोस्रो र तेस्रोसँगै अन्य सहभागी टिमबीच बाडिँनेछ ।

    प्रतियोगिताको विजेता टिमले चार लाख डलर (करिब पाँच करोड ३४ लाख रुपैयाँ) हात पार्नेछ भने दोस्रो हुने टिमले दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) र तेस्रो हुनेले एक लाख २० हजार डलर (करिब एक करोड ६० लाख रुपैयाँ) जित्नेछ ।

    फाइनलका खेलहरु नेपाली समय अनुसार दिउँसो ४:१५ बाट सुरु हुनेछ । जसको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

    प्रकाशित मिति :पौष २२ २०७९ शुक्रवार - १४:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij