Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ए डिभिजन लिगका लागि १४ वटै क्लबले गराए नाम दर्ता, काे-काे खेल्दैछन् ?

ए डिभिजन लिगका लागि १४ वटै क्लबले गराए नाम दर्ता, काे-काे खेल्दैछन् ?


  • 2.0K
    Shares

    ए डिभिजन लिगका लागि १४ वटै क्लबले गराए नाम दर्ता, काे-काे खेल्दैछन् ?

    नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार जनाए अनुसार फागुन १९ गतेबाट सुरु हुने लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका हुन् ।

    एन्फाले जनाए अनुसार ती क्लबले लिगको तयारीका लागि पहिलो चरणमा समान १५-१५ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

    मनाङ मर्स्याङदी, खुमलटार युथ, सातदोबाटो युथ, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, जावलाखेल युथ, फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्री स्टार, संकटा, न्यूरोड तथा नेपाल पुलिस क्लबले लिगका लागि नाम दर्ता गराएका हुन् । लिगका लागि माघ २ मा खेल तालिका सार्वजनिक गरिने एन्फाले जनाएको छ ।

    प्रकाशित मिति :पौष २२ २०७९ शुक्रवार - १४:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij