Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी२० लिग: काठमाडौंलाई लुम्बिनीको १८४ रनको लक्ष्य

नेपाल टी२० लिग: काठमाडौंलाई लुम्बिनीको १८४ रनको लक्ष्य


  • 1.9K
    Shares

    नेपाल टी२० लिग: काठमाडौंलाई लुम्बिनीको १८४ रनको लक्ष्य

    लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा काठमाडौँ नाइट्ससामु १ सय ८४  रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो। 

    काठमाडौंका खेलाडी मैदान आउन ढिला भएपछि खेल ढिला सुरु भएको थियो भने १७ ओभरमा छोट्याइएको थियो। 

    पहिलो विकेटका लागि ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले ९८ रनको साझेदारी गरे। ओपनर हरमित सिंहले सर्वाधिक ७० रनको योगदान दिए। २६ बलको सामना गरेका हरमितले ८ चौका र २ चौका हाने। लाहिरु मिलान्थाले २६ रन थपे। २९ बलमा मिलान्थाले २ चौका र १ छक्का हाने। 

    गुल्सन झा २१, ह्यारी टेक्टर १७ र कुशल भुर्तेल १५ रनमा आउट भए। विपुल शर्मा ५ र अनिल शा १६ रनमा नटआउट रहे। काठमाडौंका अनिास बोहोरा एक्लैले ३ विकेट लिए। बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए।

     

    प्रकाशित मिति :पौष २० २०७९ बुधवार - ११:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij