२०८२ माघ ८ गते बिहिवार
सुरुवात देखि नै विवाद र अन्यौलमा पर्दै आएको नेपाल टी २० लिग आयोजनको बीचमा नै रोकिने अवस्थामा पुगेको छ।
लिगका ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्। आधा खेल सकिंदा पनि खेलाडीले पैसा नपाएपछि खेलाडीले मंगलबारको पहिलो खेलका लागि टसका लागि प्लेइङ लिष्टमा नाम नै टिपाउन मानेका थिएनन्।
भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’का जतिन आलुवालिया सोमबार रातिबाट नै सम्पर्कविहीन छन्। लिग जारी रहँदा खेलाडीको श्रम स्वीकृति र खेलाडीले पारिश्रमिक नपाएपछि लिग रोकिने अवस्थामा पुगेको हो।
साढे ८ बजे टस भएर ९ बजे खेल भसुरु हुनुपर्ने भएपनि अहिलेसम्म टस समेत हुन सकेको छैन। लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीमध्ये एक टोलीले मात्र आधा पैसा पाएको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij