Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी२० लिग: काठमाडौंले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

नेपाल टी२० लिग: काठमाडौंले जनकपुरलाई दियो १८१ रनको लक्ष्य


  • 2.6K
    Shares

    नेपाल टी२० लिग: काठमाडौंले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

    सुनाम गौतम र रायन वर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको हो। 

    चौथो विकेटका लागि सुनम र रायन वर्लले ८४ रनको साझेदारी गरे। सुनम ६२ रनमा क्याच आउट भए। ४७ बलको सामना गरेका सुनमले ४ चौका र ४ छक्का हाने। रायन वर्ल ६१ ननटआउट रहे। ४० बलको सामना गरेका रायनले ४ चौका र ३ छक्का हाने। 

    एलेक्स ब्लेक २०, अजमतुल्लाह ओम्जाइ १० र विरनदिप सिंह ९ रनमा पवेलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भए। लिगका ५ खेलमध्ये ३ खेलमा मल्ल डक आउट भएका हुन्। लोकेश बम १० रनमा रनआउट भए।  

    जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट झारे। सरफुद्दिन अस्रफ, त्रिभोन ग्रिफ्रिटले एक एक विकेट आफ्नो नाममा गरे।

     

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - ११:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij