Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

अस्पतालबाट भाग्ने कोरोना संक्रमित समातिए, चार महिना जेल सजाय

अस्पतालबाट भाग्ने कोरोना संक्रमित समातिए, चार महिना जेल सजाय


  • 7.0K
    Shares

    अस्पतालबाट भाग्ने कोरोना संक्रमित समातिए, चार महिना जेल सजाय

    हङकङ । हङकङमा अस्पतालबाट भागेका एक कोरोना संक्रमित व्यक्ति गिरफ्तार भएका छन्।

    लि वान–क्युङ नाम गरेका व्यक्ति गत डिसेम्बर १८ मा क्विन इलिजावेथ अस्पतालबाट फरार भएका थिए। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनलाई हालै पक्राउ गरेर चार महिनाको जेल सजाय तोकिएको हो।

    काउलुन सिटी कोर्टले उनलाई सुरुवातमा ६ महिनाको जेल सजाय तोकेको थियो। उनले अदालतमा आफूलाई कोरोनाविरुद्धको खोप लगाइने डर भएपछि अस्पतालबाट भागेको बयान दिएका थिए।

    पछि उनको सजाय चार महिनामा झारिएको हो। अदालतले लि वान–क्युङको अस्पतालबाट भाग्ने कार्यलाई स्वार्थी कार्य भनेको छ।

     

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १२:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij