Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी-२० लिग आउन दुई दिन बाँकी, को-को खेल्दैछन् ?

नेपाल टी-२० लिग आउन दुई दिन बाँकी, को-को खेल्दैछन् ?


  • 2.3K
    Shares

    नेपाल टी-२० लिग आउन दुई दिन बाँकी, को-को खेल्दैछन् ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० आउन अब दुई दिन मात्र बाँकी छ ।

    सहभागी ६ वटै फ्रेन्चाइजहरु अहिले लिगका लागि अन्तिम तयारीमा छन् । आफ्नै फ्रेन्चाइज लिग गर्न लागेको क्यान पनि अन्तिम चरणको तयारी गरिरहेको छ ।

    केही टिमको विदेशी खेलाडीहरु समेत आइसकेका छन् भने केही आउने क्रममा छन् । यही डिसेम्बर २३ देखि २०२३ जनवरी १० सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने लिगमा काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् ।

    यसअघि असोजकै आयोजना गर्ने भनिए पनि निर्वाचनअघि सुरक्षाका कारण लिग पछि सारिएको थियो ।

    भदौमै लिगका लागि नेपाली र विदेशी खेलाडीहरुको ड्राफ्ट सम्पन्न भएको थियो ।

    लिग पछि सर्दा केही विदेशी खेलाडीहरु पनि आउन नसक्ने भएका छन् । जसले गर्दा विदेशी खेलाडी परिवर्तन भएका छन् ।

    मंगलबार जनकपुर रोएल्सले वेष्ट इन्डिजका खेलाडी ट्रेभोन ग्रिफिथको कप्तानीमा आफ्नो पूरा टोली नै सार्वजनिक गर्दै जर्सी समेत सार्वजनिक गरिसकेको छ । अन्य टिमले औपचारिक कार्यक्रम नगरे पनि सामाजिक सञ्जालबाट खेलाडी र प्रशिक्षकको नामहरु सार्वजनिक गरिरहेका छन् ।

    जनकपुरको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक रहिसकेका उमेश पटवाल छन् । यस्तै लुम्बिनीको मुख्य प्रशिक्षकमा इंग्ल्याण्डका पिटर ट्रेगो र प्रशिक्षकमा नेपालकै मनोज कटुवाल छन् ।

    पोखराले सामसङ जंग थापालाई प्रशिक्षक बनाएको छ । अन्य टिमको प्रशिक्षक भने घोषणा हुन बाँकी छ ।जनकपुर बाहेक अन्य टिमले कप्तान घोषणा गरेका छैनन् । प्राय मार्की खेलाडी नै कप्तान हुने चलन भए पनि जनकपुरले अनुभवी विदेशी खेलाडी रोज्दा सोमपाल कामीलाई उपकप्तान बनाएको छ ।

    ड्राफ्टमा नेपाली खेलाडीलाई तीन क्याटेगोरीमा विभाजन गरिएको थियो । हरेक टिमले क्याटेगोरी ए बाट एक, क्याटेगोरी बी बाट चार र क्याटेगोरी सी बाट ६ खेलाडी लिएका थिए । ड्राफ्टबाट सहभागी ६ टोलीले ११-११ नेपाली खेलाडी छनोट गरेका थिए ।

    तर फार वेस्ट युनाइटेडले भने १२ खेलाडी अनुबन्ध गरेको थियो । पहिलो पटक हुन लागेको नेपाल टी-२० लिगमा ६७ नेपाली खेलाडी छनोट भएका छन् ।

    क्याटेगोरी ए मा रहेका खेलाडीले १५ लाख पाउनेछन् । क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् ।

    यस बाहेक हरेक टोलीले ५-५ विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउनेछन् । तर लुम्बिनी अल स्टार्सले ७ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

    विराटनगर सुपर किंग्स र जनकपुर रोएल्सले ६-६ विदेशी खेलाडी राख्दा फार वेष्ट युनाइटेडले ५ विदेशी राखेको छ ।

    पोखरा एभेन्जर्सले अहिलेसम्म पूरा विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । काठमाडौं नाइट्समा चार विदेशी खेलाडी छन् ।

     कुन टिमको को खेलाडी ?

    काठमाडौं नाइट्स

    ज्ञानेन्द्र मल्ल (मार्की प्लेयर), लोकेश बम, वसिर अहमद, कमल सिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी

    विदेशी खेलाडी : राएन बर्ल, भिरनदिप सिंह, अज्मतुल्लाह ओमारजायी, एलेक्स ब्लेक

    पोखरा एभेन्जर्स

    आसिफ शेख (मार्की प्लेयर), शरद भेषावकर, आरिफ शेख, कुशल मल्ल, विपिन खत्री, सुमित महर्जन, कृष्ण कार्की, सिद्धान्त लोहनी, प्रतिश जिसी, विशाल विक्रम केसी, तुल बहादुर थापा

    विदेशी खेलाडी : मोहम्मद हाफिज, जाहिर खान, अमिर हम्जा,

    विराटनगर सुपर किंग्स

    रोहितकुमार पौडेल (मार्की प्लेयर), अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमर सिंह राउटेला, प्रदिप ऐरी, पृथु बास्कोटा र रिजन ढकाल

    विदेशी खेलाडी : सिकन्दर राजा, हुसेन तलत, आन्द्रे म्याककार्थी, गौरन्शु शर्मा, किओन जोसेफ, राज रोक्की नान्नन

    फार वेष्ट युनाइटेड

    करण केसी (मार्की प्लेयर), विनोद भण्डारी, भिम शार्की, देव खनाल, रसिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरिशंकर साह, बसन्त कार्की, प्रकाश जैसी, हसिम अन्सारी, शेर मल्ल

    विदेशी खेलाडी : मोहमद शेहजाद, सिन विलियम्स, म्याथ्वु फोर्ड, हशमतुल्लाह शहिदी, उमर अली

    जनकपुर रोयल्स  

    सोमपाल कामी (मार्की प्लेयर), सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा

    विदेशी खेलाडी : चाडविक वाल्टन, ट्रेभोन ग्रिफिन, केस्रिक विलियम्स, असान प्रिएनजन, सरफुद्दिन असरफ, समिउल्लाह सेनवारी

    लुम्बिनी अल स्टार्स

    दीपेन्द्र सिंह ऐरी (मार्की प्लेयर), कुशल भुर्तेल, सागर ढकाल, गुल्सनकुमार झा, सुनिल धमला, योगेन्द्र सिंह ऐरी, किशोर महतो, इशान पाण्डे, अनिलकुमार साह, आकाश चन्द, तिलक राजभण्डारी

    विदेशी खेलाडी : विपुल शर्मा, प्याट ब्राउन, हर्मित सिंह, लहिरु मिलान्था, शाड्ले भान शाल्कवाएक, ह्यारी टेक्टर, उन्मुक्त चन्द ।

     

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १६:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij