२०८२ भाद्र ३ गते मंगलवार
फिफा विश्वकप फुटबल–२०२२ को विजेता बनेको अर्जेन्टिना अहिले जीतको उत्सव मनाइरहेको छ ।
यसैबीच, अजेन्टिनाको स्टार खेलाडी मेस्सीलाई अब खेलबाट सन्यास लिने हो ? भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा मेस्सी भन्छन् – ‘होइन, म आफ्नो नेशनल टीमबाट अहिले नै सन्यास लिने छैन । म अर्जेन्टिनाको जर्सीमा वर्ल्ड च्याम्पियनको रुपमा खेलिरहने छु । मसंग एउटा कोपा अमेरिका, एउटा विश्वकप छ । यसबाहेक पनि धेरै कुरा छन् । मलाई फुटबल मनपर्छ । म विश्व च्याम्पियन भएकाले केहि अन्य खेलको आनन्द लिन चाहन्छु ।’
मेस्सीले सात पटक संसारको सर्वश्रेष्ठ खेलाडिको बेलन डीओर पुरस्कार जित्न सफल भएका छन् । उनले पूव क्लब बार्सिलोनाका साथ चार पटक च्याम्पियन्स लीग पनि जितेका छन् । तर, विश्वकपको उपाधि फुटबल जगतकै सबैभन्दा ठूलो पुरस्कार हो ।
त्यसो त केही समयअघिमात्र मेस्सी स्वंयले कतारमा आयोजित विश्वकप फुटबल आफ्नो अन्तिम फिफा विश्वकप हुने तथा फाइनल प्रतिस्पर्धालाई अन्तिम खेलको रुपमा खेल्ने भनेर सबैलाई आश्चर्यमा पारेका थिए । तर, अहिले उनलाई च्याम्पियनको रुपमा खेल जारी राख्नु पर्छ भन्ने लागेको हुन सक्छ ।
यसबाहेक पनि अर्जेन्टिनाको कोच लियोनेल स्कालोनी पनि मेसीका साथ अगाडि बढ्नका लागि तयार छन् । उनी भन्छन्– ‘ यदि मेस्सीले खेल जारी राख्न चाहन्छन् भने उनी हामीसंग रहन सक्छन् । हामीसंग रहने कि नरहने भन्ने कुरा मेस्सीले निर्धारण गर्न सक्छन् । उनलाई प्रशिक्षित गर्न पाउनु अति नै खुशीको कुरा हो । उनी आफ्नो टीममा जे भन्छन्, ती कुराहरु अद्भुत हुन्छन् । ती यस्ता कुराहरु हुन्, जुन मैले पहिले कहिले देखेको थिइन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij